२०८३ बैशाख ३ गते , विहीबार

कांग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वलाई साधारण सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्काशन

sajilo news
झापा
२०८२ पौष ३० गते , बुधबार
कांग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वलाई साधारण सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्काशन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन (देउवा) समूहले कारबाही गरेको छ।
पार्टी निर्णयविरुद्ध विशेष महाधिवेशन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आआफ्नो भूमिकामा फर्किन भनेको छ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ। सँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

सम्बन्धित समाचार