२०८३ बैशाख ३ गते , विहीबार

झापामा शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

sajilo news
झापा
२०८२ फाल्गुन ५ गते , मंगलबार
झापामा शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

नेपाली सेनाले कनकाई पुलमा राखिएको शङ्कास्पद बस्तु डिस्पोज गरेको छ । शिवसताक्षी नगरपालिका-१० स्थित माईधारको कनकाई पुलको पश्चिमतर्फ मुख्य राजमार्गमा बोरालाई डोरी र कालो टेपले पोका पारि तार जडान भएको शङ्कास्पद बस्तु आज बिहान फेला परेको थियो ।

अरिदमन गण चारआली ब्यारेकलाई खबर प्राप्त भएपश्चात् उक्त गण अन्तर्गत रहेको कम्पनी अपरेटिङ बेस (सीओबी)सुरुङ्गाबाट तत्काल बम डिस्पोजल टिमसहित गएको फौजले सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाई उक्त शङ्कास्पद वस्तु (होक्स) डिस्पोज गरेको हो । नेपाली सेनाको अरिदमन गणबाट शङ्कास्पद वस्तु (होक्स) डिस्पोज गरेपश्चात् हाल राजमार्गमा सवारीसाधनहरू सुचारु भएका छन् ।

सम्बन्धित समाचार