२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडमा बसको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ माघ २० गते , मंगलबार
बिर्तामोडमा बसको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु

झापा । झापाको बिर्तामोड पश्चिम बस स्टेण्डमा बसको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पैदल यात्री बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय सागर मिश्र रहेको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक मिश्र सडक आश्रित व्यक्ति हुन् । प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तर तर्फ बाटो काट्दै गरेका मिश्रलाई ठक्कर दिएको थियो । यता बसका चालक र बसलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार