२०८३ भाद्र १९ गते , शुक्रबार

भेलागुडी विश्रान्ति घाटमा ३५० जनाले गराए आँखा जाँच

sajilo news
झापा
२०८३ भाद्र १९ गते , शुक्रबार
भेलागुडी विश्रान्ति घाटमा ३५० जनाले गराए आँखा जाँच

बिर्तामोड । बिर्तामोड-८ स्थित भेलागुडी विश्रान्तिघाट निर्माण समितिले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट धेरै जना लाभान्वित भएका छन् । बिर्तामोड नगरपालिका ८ नं. वडा कार्यालयको विशेष पहल र दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा हिजो विश्रान्तिघाट परिसरमा आयोजित शिविरमा करिब ३५० जना बिरामीले सेवा लिएको आयोजक समितिका सचिव मदन अधिकारीले बताए । तीमध्ये १२ जनामा मोतिया विन्दुको समस्या पाइएको र उनीहरूलाई सहुलियत रुपमा शल्यक्रिया गरिने उनले जानकारी दिए ।

शिविरमा आँखाको उपचारसँगै नाक, कान र घाँटी सम्बन्धी पनि निःशुल्क चेकजाँच गरिएको वडाध्यक्ष अजय कार्कीले बताए । उनले भेलागुडी विश्रान्ति घाटलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गरिएको बताउँदै घाट निर्माणपछि पार्कको काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।

दृष्टि आँखा अस्पतालका बजार व्यवस्थापक सूर्य रिमालले सहजीकरण गरेको शिविरमा सो अस्पतालका डा. वीरेन्द्रप्रसाद साह , डा. कौशल किशोर साह,डा. चन्दना साह,सुजन केरुङ, शिक्षा गजमेर, सरोज बस्नेतलगायतको टिमले स्वास्थ्य जाँच गरेको थियो ।

सम्बन्धित समाचार