लक्ष्मीपूजाका दिन आगलागीमा परी २३ जनाले गुमाए ज्यान
लक्ष्मीपूजाको राति (आइतबार) भारतका विभिन्न शहरहरूमा पटाका र अन्य कारणले लागेको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ। धेरै घाइते भएको बताइएको छ। आगलागीमा परी मृत्यु हुनेको संख्या मध्य प्रदेशमा बढी छ। त्यहाँ दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १३ जनाले ज्यान गुमाएका छन्।
यसैबीच,महाराष्ट्रको धाराशिव जिल्लामा किराना पसलमाथिको घरमा एकै परिवारका छ जनाको मृत्यु भएको छ। मुम्बईको लोखंडवालामा अर्को आगलागीमा एकजनाको मृत्यु भएको छ।
यसका साथै, राजस्थानको पालीमा रहेको एक पटाका पसलमा आगलागी हुँदा दुईजनाले ज्यान गुमाएका छन् भने तीनजना बेपत्ता छन्। घटनामा तीन पसल र धेरै दुई पाङ्ग्रे सवारी साधनहरू जलेर नष्ट भएका छन्। यसैबीच, दिल्लीको नरेलामा, रकेट पटाका पड्किएर पेटमा लागेर एक १० वर्षीय बालकको मृत्यु भएको छ।
आगलागीमा परी मध्यप्रदेशमा पाँच महिला,तीन पुरुष र चार बालबालिकाले ज्यान गुमाएका छन्। मध्यप्रदेशमा पाँच महिला,तीन पुरुष र चार बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मध्य प्रदेशको कटनी जिल्लामा घरमा आगलागी हुँदा एकै परिवारका छजनाको मृत्यु भएको छ।यसैबीच,सेओनी जिल्लामा,एक बुलियन व्यापारीको घरमा आगलागी हुँदा छजनाको मृत्यु भयो।
उत्तर प्रदेशको बांदामा रहेको एउटा स्क्र्याप पसलमा आगलागी हुँदा करिब २०/२५ लाख बराबरको क्षति भएको छ। पुणेमा ६३ वटा आगलागी भएका छन्।
जम्मूको नेहरू बजारमा आगलागी हुँदा १२ भन्दा बढी पसलहरू जलेर नष्ट भएका छन् भने नागपुरको टिभीएस शोरूममा आगलागी हुँदा धेरै दुई पाङ्ग्रे सवारी साधनहरू जलेर नष्ट भएका छन्।
यस्तै मुम्बईको डोंगरी क्षेत्रमा आगलागीले धेरै पसल र झुपडीहरू नष्ट भएका छन्। दादरको कामगर स्टेडियममा लागेको आगो दमकलकर्मीहरूले नियन्त्रणमा ल्याएका थिए। महाराष्ट्रको ठाणेमा १७ तले भवनमा आगलागी भएको थियो।
आसामको जोनाई,पुणेको वडगाउँ शेरी, मुम्बईको विद्याविहार, सिक्किमको गान्तोकमा रहेको सरकारी आवास परिसर र गाजियाबादको क्रसिङ्स रिपब्लिक क्षेत्रमा पनि आगलागी भएको थियो। यी घटनाहरूपछि, दमकल र प्रहरी टोलीहरू राहत र उद्धार कार्यमा जुटेका छन्।