२०८२ माघ ५ गते , सोमबार

प्रतिगमविरुद्धको अन्तिम लडाइँ हो : नेतृ रामकुमारी झाँक्री

sajilo news
पार्थ मण्डल
२०७७ माघ २९ गते , विहीबार
प्रतिगमविरुद्धको अन्तिम लडाइँ हो : नेतृ रामकुमारी झाँक्री

झापा ।  प्रहरी हिरासतमा रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले ‘प्रतिगमविरुद्धको अन्तिम लडाइँ’ भएको बताएकी छन्।

नेतृ झाँक्रीलाई बिहीबार बिहीबार दिउँसो आफ्नो निवासबाट राज्यविरुद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसार पक्राउ पूर्जी जारी गरी  गिरफ्तार गरिएको थियो। 

‘राज्यविरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु,’ गिरफ्तारपछि प्रहरी हिरासतमा रहेकी उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो।आफ्नो ठाउँमा डटौं।’

महाशाखाका रहेकी झाँक्रीलाई प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठ र योगश भट्टराईले भेट गरेका छन्। यस्तै, गिरफ्तार गर्न प्रहरी झाँक्री निवास पुग्दा उनका समर्थकहरुले नाराबाजी गरेका थिए।

सम्बन्धित समाचार