२०८२ माघ ५ गते , सोमबार

प्रधानमन्त्री ओलीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १८ गते , मंगलबार
प्रधानमन्त्री ओलीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गरेका छन् ।शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ मोरङमार्फत रु ३० करोडको लागतमा बन्ने सो बस्तीमा १३२ घर हुनेछन् ।

भूमि तथा घरबारविहीन अतिविपन्न सन्थाल र उराँव समुदायलाई बसोबास दिन उक्त परियोजना शुरु गरिएको हो । उर्लाबारी–९ स्थित रातोहोली खोल्सी किनारको जग्गालाई नगरबाट सन्थाल एकीकृत बस्ती विकास गर्ने निर्णयअनुसार परियोजना शुरु गरिएको नगरप्रमुख खडक फागोले बताए ।

उनका अनुसार ३१ हजार ७६८ वर्गमिटर जग्गामा निर्माण हुने बस्तीमा १०६ सन्थाल र २६ उराँव समुदायलाई घर दिइने छ । बस्तीमा एक परिवार बसोबासको लागि चाहिने न्यूनतम २०० कोठा, एक भान्साघर, एक शौचालयसहित सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतका संरचना निर्माण हुने छन् ।

सम्बन्धित समाचार