२०८२ माघ ५ गते , सोमबार
ओम साई अस्पतालको स्वास्थ्य शिविरमा गुरुकुलका १३० विद्यार्थीले लिए सेवा
भद्रपुर । ओम साई पाथीभरा हस्पिटल भद्रपुरले विद्यार्थी लक्षित एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम साई अस्पतालले भद्रपुर ५ स्थित गुरुकुल पब्लिक स्कुलमा अध्ययनरत १३० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको बताइएको छ ।
अस्पतालको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत आयोजित शिविरमा बालरोग र दन्तरोग सम्बन्धित स्वास्थ्य परीक्षण गरिएको अस्पतालका व्यवस्थापक दिप पौडेलले जानकारी दिए ।
स्वास्थ्य परीक्षण पश्चात् विद्यार्थीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा अस्पतालका चिकित्सक बाल रोग विशेषज्ञ डा। सुवास बस्नेत र दन्त रोग विभागका डा नीलिमा भट्टराई लगायतको टोलीले विद्यार्थीहरूको परीक्षण गरेका थिए ।