२०८३ जेष्ठ ३० गते , शनिबार

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १७ गते , विहीबार
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  बुधबार राति साढे १० बजे बस्तीमा प्रवेश गरेको हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा बेलका नगरपालिका-२ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमका अनुसार हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको छ।  यस क्षेत्रमा बर्षेनी हात्ती बस्तीमा प्रवेश गरी मानविय र धनजनको क्षति पुर्‍याउने गरेको छ।

सम्बन्धित समाचार