२०८३ जेष्ठ ३० गते , शनिबार

पाँचथरमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

sajilo news
पार्थ मण्डल
२०७८ असार १७ गते , विहीबार
पाँचथरमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

झापा । पाँचथरको फालेलुङ गाउँपालिका ३ माङलेबुङस्थित भित्री कच्ची सडकमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

खाद्यान्न बोकेर जाँदै गरेको मे १ त ६५७७ नम्बरको ट्याक्टर सडकबाट झरेर दुर्घटना हुँदा पाँचथर फालेलुङ गाउँपालिका ३ माङलेबुङकका ५४ वर्षीय लक्ष्मी विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी  सोही स्थानका चालक ४० वर्षीय अक्कल बहादुर लिम्बु, सोही स्थानका ४६ वर्षीय कर्ण राई र सोही स्थानका ३० वर्षीय मनकुमार राईलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा पठाइएको थियो । चालक लिम्बुलाई थप उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको छ भने अन्य दुई जना डिस्चार्ज भई घर फर्किसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार