२०८२ माघ ५ गते , सोमबार

मूल्यवृद्धिविरुद्ध विद्यार्थी सङ्गठन आन्दोलित, पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने

sajilo news
पार्थ मण्डल
२०७८ असार २७ गते , आईतबार
मूल्यवृद्धिविरुद्ध विद्यार्थी सङ्गठन आन्दोलित, पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी सङ्गठनहरूले आन्दोलन विभिन्न कार्यक्रम घोषणा गरेका छन्। आइतबार विद्यार्थी सङ्गठनहरूले ७ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

सङ्गठनहरूले असार २८ गते नेपाल आयल निगमका गाडीहरू चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने सङ्गठनलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गते देशभरका पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने भएका छन् ।

विद्यार्थी सङ्गठनहरूले एसइई, ११ र १२ को परीक्षामा देखिएका विभिन्न समस्याहरू समाधान गर्न समेत माग गरेका छन् । विज्ञप्तिमा शैक्षिक क्षेत्रका अन्य समस्याहरू समाधानका लागि माग राखेका छन् । विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा दमन भएमा त्यसबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी समेत दिइएको छ ।

सम्बन्धित समाचार