२०८३ बैशाख २ गते , बुधबार

झापा र इलामका चिया बगान फिर्ताको माग

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २० गते , बुधबार
झापा र इलामका चिया बगान फिर्ताको माग

इलाम । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् ।इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न माग गरेका हुन् ।इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाका प्रमुखहरुले चिया बगान फिर्ताको माग गरेका हुन् ।

उनीहरुले २०५७ साल असार १४ गते भएको सम्झौंता नेपालको परिवर्तित समय सापेक्ष नभएकाले भंग गरी सम्बन्धित स्थानीय तहलाई सञ्चालनका लागि जिम्मा दिन संघीय सरकारसँग माग गर्ने निर्णय गरेका छन् ।लिज सम्झौतामा उल्लेख भएको चिया बगानहरुबाट स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुन बमोजिमका करहरु नबुझाएको, व्यवस्थापन पक्षले चिया श्रमिकको न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भएका व्यवस्था बेवास्ता गरेपछि निजिकरण फिर्ताको माग सर्वसाधारणदेखि जनप्रतिनिधिहरुले उठाएका हुन् ।

सम्बन्धित समाचार