२०८३ बैशाख ३ गते , विहीबार
माओवादी केन्द्रका जिल्ला समितिहरू खारेज
झापा । नेकपा (माओवादी केन्द्र)ले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समितित बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार अब जिल्ला समन्वय समितिहरू रहनेछन्।
महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ। प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ।