२०८३ बैशाख ३ गते , विहीबार

एमालेका नेता नेपालसहित १४ सांसदलाई पदमुक्त (सूचीसहित)

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १ गते , मंगलबार
एमालेका नेता नेपालसहित १४ सांसदलाई पदमुक्त (सूचीसहित)

झापा । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ।  नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो।  एमालेले १४ सांसदमाथि गरेको कारवाहीको पत्र संसद सचिवालयलाई जानकारी गराइसकेको स्रोतले बतायो। 

कारवाहीमा परेका सांसदहरु

१) माधव नेपाल

२) जीवनराम श्रेष्ठ

३) मुकुन्द न्यौपाने

४) रामकुमारी झाँक्री

५) कल्याणी खड्का

६) लक्ष्मीकुमारी चौधरी

७) निरादेवी जैरु

८) पुष्पाकुमारी कर्ण

९) सरला यादव

१०) कलिला खातुन

११) विरोध खतिवडा

१२) कृष्णलाल महर्जन

१३) भवानी खापुङ

१४) मेटमणी चौधरी

सम्बन्धित समाचार