२०८२ माघ ५ गते , सोमबार

टी-२० विश्वकप : पहिलो पटक च्याम्पियन बन्ने दौडमा न्युजिल्यान्ड र अष्ट्रेलिया

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २७ गते , शनिबार
टी-२० विश्वकप : पहिलो पटक च्याम्पियन बन्ने दौडमा न्युजिल्यान्ड र अष्ट्रेलिया

एजेन्सी । युएईमा जारी टी-२० विश्वकपमा यस पटक नयाँ च्याम्पियन बन्ने पक्का भएको छ। न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेसँगै यी दुईमध्ये जसले उपाधि जिते पनि पहिलो पटक नयाँ च्याम्पियनका रुपमा रहने छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले ११ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भएको थियो। यसअघि सन् २०१० को टी-२० विश्वकप फाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।अहिलेसम्म ६ संस्करण सकिँदा पाँच टोली च्याम्पियन बनेका छन्। जसमा वेस्टइन्डिजले २०१२ र २०१६ गरी दुई पटक उपाधि जितेको थियो। त्यस्तै‚ २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो।

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो। २०१० मा इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो। त्यस्तै २०१२ मा वेस्टइन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो। २०१४ मा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो। पछिल्लो पटक २०१६ मा भएको टी-२० विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो।

सम्बन्धित समाचार