२०८२ माघ ५ गते , सोमबार

स्थानीयले दिए सिरिजङ्गा स्पोटिङ्ग क्लबका खेलाडीलाई खेल सामग्री

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १४ गते , मंगलबार
स्थानीयले दिए सिरिजङ्गा स्पोटिङ्ग क्लबका खेलाडीलाई खेल सामग्री

भद्रपुर । भद्रपुर-३ ज्ञानेचोकस्थित सिरिजङ्गा स्पोटिङ्ग क्लबका खेलाडीहरूलाई खेल सामग्री वितरण गरिएको छ ।  स्थानीय समाजसेवीहरू कमल लवङ्गवा लिम्बु, हेम कार्की र राधा कार्कीले क्लबका खेलाडीहरूलाई जर्सी, मोजा हेण्डग्लव वितरण गरेका हुन् । २०६२ सालमा दर्ता भएको यस क्लबका अध्यक्ष पूर्णमाया लिम्बुको उपस्थितिमा झापा लिंगको लागी छनोट भएका वडा नम्बर १, २, ३ र ४ नम्बर खेलाडीहरूलाई सो सामग्री वितरण गरिएको जनाइएको छ । 

दुई पटक राष्ट्रिय टिमबाट मेचीको प्रतिनिधित्व गरेकी क्लबका अध्यक्ष लिम्बुले यस क्लबलाई स्थानीय सरकारले सहयोग नगरेको गुनासो पोखिन । जसले गर्दा क्लबमा आबद्ध खेलाडीहरूले पनि सहयोग नपाएको र अनुशासन समेत गुमाउँदै गएको उनले बताइन् । कार्यक्रमको सहजीकरण क्लबका सचिव हेम राईले गरेका थिए । 

सम्बन्धित समाचार