२०८३ जेष्ठ १२ गते , मंगलबार
माओवादी केन्द्र अर्जुनधारा नगर अध्यक्षमा नारद
झापा । नेकपा माओवादी केन्द्र अर्जुनधारा नगर अध्यक्षमा नरकुमार तामाङ (नारद) निर्विरोध चयन भएका छन् । मङ्गलवार भएको नगर अधिवेशनले तामाङलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै कोषाध्यक्षमा धनकुमारी तामाङ चयन भएकी छिन् । उपाध्यक्ष, सचिव र सह–सचिवका आंकाक्षि देखिएकाले मङ्सिर १८ गते टुङ्गो लगाइने अनिल सुवेदीले जानकारी दिए । ७ पदाधिकारीसहित ६५ सदस्यीय नगरको कमिटी रहनेछ ।
नरकुमार तामाङ (नारद)को अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश नम्बर १ इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य राम कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत नगर कार्यालय सदस्य नारायण पौडेलले गरेको कार्यक्रमको सञ्चालन अनिल सुवेदीले गरेका थिए । कार्यक्रममा पार्टी प्रदेश सदस्य सिपी कडरिया लगायतको उपस्थिति रहेको थियो ।