२०८२ माघ ५ गते , सोमबार

अखिल नेपाल खेलकुद महासंघ झापाको संयोजकमा दर्नाल

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १५ गते , बुधबार
अखिल नेपाल खेलकुद महासंघ झापाको संयोजकमा दर्नाल
झापा । अखिल नेपाल खेलकुद महासंघ झापाको प्रथम जिल्ला भेला बिर्तामोडमा सम्पन्न भएको छ । भेलाले राजु दर्नालको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । 

महासङ्घका केन्द्रीय सचिव हेम झापालीको अध्यक्षतामा बुधवार बिर्तामोडमा भएको भेलाले महासंघ झापाको सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।  भेलामा प्रतिनिधिसभा सदस्य, पार्टीका प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईँको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै कार्यक्रममा महासङ्घका प्रदेश नं. १ खेलकुद क्याक्सन इन्चार्ज, राज आचार्य (अग्नि), पार्टीका प्रदेश कमिटी सदस्य ज्योतिसिंह दर्लामी, पार्टी जिल्ला सदस्य बासूँ दुला, पुष्प गुरागाईँ, योङ कम्युनिस्ट लिग (वाइसिएल) झापा अध्यक्ष दधिराम रिमाल, वाइसिएल प्रदेश नं. १ सदस्य प्रेम लुहागुन, अखिल (क्रान्तिकारी) झापा उपाध्यक्ष पूजा कँडेल, पार्टीका बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, पार्टी झापा सचिवालय सदस्य कुवेर श्रेष्ठ (अरुण) लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा स्वागत तथा सञ्चालन महासंघ झापा इन्चार्ज मदन खड्काले गरेका थिए । महासङ्घका झापा इन्चार्ज खड्काका अनुसार आगामी मङ्सिर ३० गतेसम्ममा पालिका, पुस १५ गतेसम्म जिल्ला र माघ १५ गतेसम्म प्रदेश सम्मेलन गरिने छ । सम्मेलन आयोजक कमिटीलाई महासंघ झापा इन्चार्ज खड्काले शपथ ग्रहणसमेत गराएका थिए ।  

सम्बन्धित समाचार