२०८३ जेष्ठ १२ गते , मंगलबार

कांग्रेस प्रदेश १ सभापतिमा थापा निर्वाचित, २ मतले घिमिरे पराजित

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २० गते , सोमबार
कांग्रेस प्रदेश १ सभापतिमा थापा निर्वाचित, २ मतले घिमिरे पराजित

झापा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ। महामन्त्रीमा पौडेल-कोइराला समूहका एकजना मात्र विजयी भएका छन्।

सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे।

उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापन इतरका गोबिन्द प्रसाद ढुंगानाले ७६५ र विश्वनाथ रिजालले ६६९ मत प्राप्त गरे । महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत ल्याएर विजयी भएका छन्।

यसैगरी दीपन कुमार श्रेष्ठले ७६४ र पदम सुन्दर पालुङ्गवा ८०७ मत ल्याए । सह९महामन्त्री महिलामा संस्थापनकै प्रमिला गछदार ८३७ मत ल्याएर विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत प्राप्त गरेको छ।

सह-महामन्त्रीमा संस्थापनका खड्ग फागो १०२६ र बिनोद कुमार बस्नेत ७४७ मत ल्याएर विजयी भएका छन्। संस्थापन इतरका रोहित कुमार शाह ६६५, विरकाजी राई ६४७ र शुभचन्द्र राई ८४ मत पाए । निर्वाचनमा देउवा९सिटौला समूह र पौडेल-कोइरालाको समूह उठेको थियो।


सम्बन्धित समाचार