२०८२ माघ ५ गते , सोमबार

अध्यक्ष कप क्रिकेट : भद्रपुरलाई पराजित गर्दै मेचीनगर अन्तिम चारमा

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २० गते , सोमबार
अध्यक्ष कप क्रिकेट : भद्रपुरलाई पराजित गर्दै मेचीनगर अन्तिम चारमा

(केशव चापागाईँ) झापा । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा सोमवार सम्पन्न खेलमा भद्रपुर नगरपालिकाले दिएको  निर्धारित लक्ष्यलाई पछ्याउँदै मेचीनगरले सहज जित हात पारेको हो।टस हारेर ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरको खेलमा १४ ओभरमै सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो। १२० रनको विजयी लक्ष्य पछ्याएको मेचीनगरले १२ ओभरमै निर्धारित लक्ष्य पूरा गरी सहज जित निकालेको थियो।

भद्रपुरको ब्याटिङमा दीपेश कामतीले १४ बल मा ३६ रन, सुमन श्रेष्ठले २५ बलमा ४० रन बनाएका थिए।मेचीनगरको बलिङमा आशिक मगरले १ विकेट, राज थापाले १ विकेट, सन्दीप ले २ विकेट, सुमनले ४ विकेट लिएका थिए। त्यस्तै दोस्रो इनिंगमा मेचीनगरको ब्याटिङमा सन्दीपले २१ बलमा २३ रन, क्षितिजले  २२ बलमा ४१ रन बनाएका थिए।

खेलमा म्यान अफ द म्याच मेचीनगरका क्षितिज घोषित भए। मेचीनगरको जितसँगै आउँदो २२ गते बिर्तामोडको टोलीसँग भेट पक्का भएको छ । अन्तिम दुईको बाजीमा बिर्तामोड र मेचीनगर भिड्ने छन् । प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी प्रदान गरिने छ ।

सम्बन्धित समाचार