२०८२ माघ ५ गते , सोमबार
मेचीनगरले उचाल्यो अध्यक्ष कप क्रिकेटको उपाधि
(केशव चापागाईँ) झापा । झापाको झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिकालाई पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको छ।
झापा गाउँपालिका(७ को जनकल्याण माविको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मेचीनगरले ९२ रनले झापालाई पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो।
२०१ रनको विजयी लक्ष्य पछ्याएको झापाले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाई १०८ रन मात्र बनाउन सक्यो। मेचीनगरको ब्याटिङ तर्फ क्षितिज पोर्तेल ले ६५ बलमा सेन्चुरी पुरा गर्दै १०२ रन,सुरज केसीले २७ बलमा ४० रन र राजु विश्वकर्माले ४ बलमा ११ रन जोडे।झापाको बलिङ तर्फ सज्जाद आलमले २ विकेट,प्रदीप कुमारले ३ विकेट र अङ्कित दासले २ विकेट लिए।
त्यस्तै दोस्रो इनिंगमा झापाको ब्याटिङमा दुखिया राजवंशीले २८ रन,सज्जाद आलमले १५ रन बनाए भने अरू व्याट्समेनहरुले दर्बिलो अङ्क जोड्न सकेनन्।बलिङ तर्फ मेचीनगरका प्रेम सिंहले ३ विकेट,राज थापाले १ विकेट,राजु विश्वकर्माले २ विकेट र संदिप ढुङ्गानाले १ विकेट लिए।
यो सँगै विजेता बनेको मेचीनगरले ४० हजार नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र पाएको छ।त्यस्तै उपविजेता टिम झापाले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।खेलमा म्यान अफ द म्याच,वेस्ट व्याट्समेन र म्यान अफ द सिरिज मेचीनगरका क्षितिज पोर्तेल घोषित भए।त्यस्तै प्रतियोगितामा वेस्ट बलर बाह्रदशीका अल्मास आलम,वेस्ट विकेट किप्परमा झापाका सञ्जय पौडेल र फेयर प्ले अवार्ड सगरमाथा यूथ क्लब घोषित भयो।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा यूथ क्लब तथा वडा नं(७ को संयुक्त आयोजनामा जारी प्रतियोगिताको समापन कार्यक्रममा क्लबका अध्यक्ष रोहित कर्णको अध्यक्षता र वडा नं(७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो भने समाजसेवीहरू सखीचन्द्र ठाकुर,तेज श्रेष्ठ,रोहित पोद्धार,बालकृष्ण सिटौला लगायतको उपस्थिति रहेको थियो।