२०८३ जेष्ठ १२ गते , मंगलबार

राप्रपा अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला झापा आउँदै लिङ्गदेन

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २८ गते , मंगलबार
राप्रपा अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला झापा आउँदै लिङ्गदेन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन पुस ३ गते झापा आउन लागेका छन् । राप्रपा अध्यक्षमा निर्वाचित भएपछि लिङ्गदेन पहिलो पटक गृह जिल्ला झापा आउन लागेका हुन् । 
पुस ३ गते बिर्तामोडमा आयोजना गरिएको स्वागत सम्मान एवं वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्गदेन सहभागी हुन आउन लागेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए । उनी तीन दिन झापा बस्ने कार्यक्रम रहेको बताइएको छ। सो क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै नेता कार्यकर्ता सँगको भेटघाटमा व्यस्त रहने मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईँले जानकारी दिए । 
राप्रपाको हालै सम्पन्न महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित लिङ्गदेनले तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गरेका थिए । 

सम्बन्धित समाचार