२०८३ जेष्ठ १२ गते , मंगलबार

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक झापा आउँदै

sajilo news
पार्थ मण्डल
२०७८ पौष ५ गते , सोमबार
महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक झापा आउँदै
झापा । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक पुस ७ गते गृहजिल्ला झापा आउँदै छन् ।

महामन्त्री शर्माले ७ गते दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउन लागेको शर्माको सचिवालयका सदस्य पुष्पराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार पुस ७ गते बुधवार महामन्त्री शर्मा चन्द्रगढी विमानस्थलबाट सोझै अग्रसेन भवन बिर्तामोड पुग्ने र कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित समाचार