२०८३ जेष्ठ १२ गते , मंगलबार
काँग्रेस केन्द्रीय सदस्यमा झापाका प्रसाईँ र ढकाल निर्वाचित
झापा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महिलातर्फ खुला केन्द्रीय सदस्यमा झापाका सरिता प्रसाईँ र सुशीला ढकाल निर्वाचित भएका छन् । डिला सङ्ग्रौला २८८५, पुष्पा भुसाल २७१८, आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ ,सरिता प्रसाईँ २०९६, रमा कोइराला १८५८ , सुशीला ढकाल १८०४ र रङ्गमती शाही १७८९ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि आइतबार पुरुषतर्फ खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।