२०८३ जेष्ठ १२ गते , मंगलबार
अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक झापामा, अध्यक्ष ओलीले सम्बोधन गर्ने
झापा । अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक पहिलो पटक झापाको बिर्तामोडमा बस्ने भएको छ । पुस १० गते शनिवार बस्ने सचिवालय बैठकका लागि अनेरास्ववियुका नेताहरु झापा आउने क्रम जारी छ । केन्द्रीय अध्यक्ष सुनिता बराल बैठकका लागि बिहीबार नै झापा आइसकेको बुझिएको छ । बैठकको आवश्यक तयारी गरिएको सचिवालय सदस्य मनोज ताम्लीले जानकारी दिए ।
बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बस्ने बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली शनिवार उर्लाबारीको एक कार्यक्रममा सहभागी भएर अनेरास्ववियुको बैठकमा सम्बोधनका लागि आउने छन् ।
सचिवालय बैठकले सङ्गठन सुदृढीकरणका लागि योजना निर्माण गर्दै आन्तरिक कार्यक्रमहरू निर्माण गर्नेछ । अध्यक्ष बरालका अनुसार बैठकले प्रदेशको अधिवेशन, विधान अधिवेशन र सङ्गठनको महाधिवेशनको मिति तय गरिने छ । त्यसको तयारीका लागि बैठकले कार्य विभाजन समेत बुझिएको छ ।