२०८२ माघ ५ गते , सोमबार

पुस २५ गतेदेखि भद्रपुरमा दोस्रो मेयर कप प्रतियोगिता हुने

sajilo news
पार्थ मण्डल
२०७८ पौष ९ गते , शुक्रबार
पुस २५ गतेदेखि भद्रपुरमा दोस्रो मेयर कप प्रतियोगिता हुने
भद्रपुर । भद्रपुरमा अन्तर वडा स्तरीय दोस्रो मेयर प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति अध्यक्ष श्यामकुमार राउतको अध्यक्षता तथा खेलकुद संरक्षक मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार बसेको बैठकले विभिन्न विधाका प्रतियोगिताको मिति तोकेको छ ।
बैठकले अन्तर वडा स्तरीय मेयर कप कबड्डी प्रतियोगिता यही पुस २५ देखि ३० गतेसम्म, प्रथम उपमेयर अन्तर वडास्तरिय भलिबल प्रतियोगिता पस २५ देखि २७ गतेसम्म, मिनी म्याराथन (सडक दौड) १० किलोमिटर र ५ किलोमिटर पुस २५ गते, फुटबल प्रतियोगिता माघ ३ गतेदेखि र क्रिकेट प्रतियोगिता माघ १८ गतेदेखि गर्ने निर्णय गरेको हो । खेलकुदका प्रतियोगिताहरू आयोजनाका लागि बजेट माग नगरपालिकासँग गर्ने  र वडा वडामा प्रतियोगिताको लागि पूर्व तयारी गर्न जानकारी गराउने निर्णय भएको जनाइएको छ । 
बैठकमा उपमेयर चन्द्रमाया श्रेष्ठ, वडा अध्यक्ष प्रेमबहादुर बरुवाल, कुमार श्रेष्ठ, रतिया राजवंशी, डम्बरसिंह कुवर, गोपालकृष्ण मैनाली, खोमाकुमारी दाहाल, राजन भट्टराई, यामकुमार लिम्बु, बुद्धिमान राई ,सौरभ प्रधान ,राजु दाहाल, कविता गुरुङ ,पूर्णमाया सुब्बा र दिलीप भुईमाली, प्रेमबहादुर भुजेल, योगेन्द्र पौडेल, भरत यादव लगायतको उपस्थिति रहेको सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् ।

सम्बन्धित समाचार