२०८३ जेष्ठ १२ गते , मंगलबार

एमाले अध्यक्ष ओलीलाई गृह जिल्लामा भव्य अभिनन्दन

sajilo news
पार्थ मण्डल
२०७८ पौष १० गते , शनिबार
एमाले अध्यक्ष ओलीलाई गृह जिल्लामा भव्य अभिनन्दन

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा अभिनन्दन गरिएको छ । नेकपा एमाले झापाले सम्मान कार्यक्रमको आयोजना गरेर ओलीलाई अभिनन्दन गरेको हो ।

दशौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहित झापाका विभिन्न कमिटीमा निर्वाचित सदस्यदेखि अध्यक्षहरुलाई सम्मान गरिएको छ । जिल्लाको १३१ वडाको नयाँ जिम्मेवारीमा आउने एमाले कार्यकर्ताहरुलाई समेत सम्मान गरिएको छ । अध्यक्ष ओलीले झापाको सम्मानप्रति आभार प्रकट गरेका छन् । उनले जनताले गरेको विश्वास र आशा पुरा गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

सम्बन्धित समाचार