२०८३ जेष्ठ १२ गते , मंगलबार

सरकारविरुद्ध राष्ट्रिय युवा संघ भद्रपुरको विरोध प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७८ माघ १६ गते , आईतबार
सरकारविरुद्ध राष्ट्रिय युवा संघ भद्रपुरको विरोध प्रदर्शन
भद्रपुर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले झापामा सरकारको विरुद्ध दिनहुँ जसो विरोध प्रदर्शन गरिरहेका छन् । यसै क्रममा  युवा संघ नेपाल भद्रपुर नगर कमिटीले परमादेश सरकारको गलत रवैयाविरुद्ध भद्रपुरमा विरोध प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरेको छ । 
युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्न माग गर्दै भद्रपुरस्थित चन्द्रगढीको लेखनाथ चोकमा विरोध सभा गरेको हो ।

प्रदर्शनमा उत्रिएकाहरूले रेणु यादवलाई कारबाही गर, सरकार तेरो पाराले दुःख पाए साराले, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, स्थानीय तहको निर्वाचनको घोषणा गर जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । 
आयोजित विरोध सभामा युवा संघ नेपाल एक नम्बर प्रदेश कमिटीका सदस्य अनिता कन्दङवाले मापसे सरकारले स्थानीय तहको निर्वाचनलाई आलटाल गर्दै देशलाई प्रतिगमन तर्फ धकेल्न खोजेको आरोप लगाएकी छिन् । कार्यक्रममा युवा संघ नेपाल नगर अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन बानियाँले गरेका थिए । 

सम्बन्धित समाचार