२०८३ जेष्ठ १२ गते , मंगलबार
राप्रपा प्रवक्तामा झापाका सिटौलासहित २४ पदाधिकारी मनोनीत
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्।
लिङदेनले पार्टीको विधानअनुसार दुई महामन्त्री र दुई उपाध्यक्षसहित पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरू पनि तोकेका छन्। उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनित भएका छन्।
यस्तै महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई नियुक्त गरिएको छ। लिङदेनले चार जना नेताहलाई पार्टीको प्रवक्ता तथा तीन जनालाई सह-प्रवक्ता तोकेका छन्। यस्तै सहमहामन्त्रीमा सात जना, सहायक मन्त्रीमा ६ जना मनोनित गरिएको छ।