२०८३ जेष्ठ १२ गते , मंगलबार

स्थानीय तह निर्वाचनको माग राख्दै एमालेका जनवर्गीय संगठनले बुझाए ज्ञापनपत्र

sajilo news
पार्थ मण्डल
२०७८ माघ १७ गते , सोमबार
स्थानीय तह निर्वाचनको माग राख्दै एमालेका जनवर्गीय संगठनले बुझाए ज्ञापनपत्र

झापा । स्थानीय तह निर्वाचनको तत्कालै मिति तोक्न माग गर्दै नेकपा एमालेका जनवर्गीय संगठनले ज्ञापनपत्र बुझाएका छन् । नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनहरुले सोमवार झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

जनवर्गीय संगठनहरुले चन्द्रगडीस्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ छवि रिजाललाई ज्ञापनपत्र बुझाएको नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीले जानकारी दिए । जनवर्गीय संगठनका केन्द्रीय नेताहरु सहभागी भई ज्ञापनपत्र बुझाएको राजवंशीको भनाई छ ।

ज्ञापनपत्रमा सरकारले बुझ्ने गरि स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गरिएको पार्टीका झापा जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनले संविधानभन्दा सरकार बाहिर जान नमिल्ने भन्दै तत्काल मिति घोषणा गरेर निर्वाचनमा मुलुकलाई लैजान आग्रह गरिएको बताए । मिति घोषणा नगरेर जनतालाई झुक्याउने काम भएमा एमालेले त्यसको प्रतिकार गर्ने उनको भनाई छ ।जनवर्गीय संगठनहरु सरकार विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

सम्बन्धित समाचार