२०८२ माघ ५ गते , सोमबार
आईपीएल अक्सनमा बिकेनन् सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) पनि नखेल्ने भएका छन् । आइतबार भएको अक्सनमा कुनै पनि टीममा आबद्ध गर्न नचाहेपछि लामिछानेले यसपटक पनि आईपीएल नखेल्ने भएका हुन् ।
गतवर्षको आईपीएल अक्सनमा कुनै टीमको रोजाइमा पनि नपरेपछि उनले सहभागी हुन पाएका थिएनन् । त्यसअघिका तीन वर्ष भने उनी दिल्ली क्यापिटलमा आबद्ध भएर क्रिकेट खेलेका थिए ।
आईपीएलको अक्सनका लागि नेपालबाट १५ खेलाडीले आवेदन दिएका थिए । तर आईपीएलले अक्सनको अन्तिम सूचीमा भने सन्दीपको मात्र नाम समावेश गरेको थियो ।