२०८३ जेष्ठ १२ गते , मंगलबार
एमसीसी पास भएको दिन नेपाली जनताका लागि कालो दिन : नारायणकाजी श्रेष्ठ
झापा । एमसीसी पास भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले रोष प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे।
आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ। रातोपाटीबाट