२०८३ जेष्ठ १२ गते , मंगलबार

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवार मनोनयन दर्ता

sajilo news
झापा
२०७९ बैशाख ११ गते , आईतबार
स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवार मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालिकाबाट उम्मेदवार बन्न चाहनेहरूले आजदेखि उम्मेदवारी दिन सक्नेछन्।  निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत् बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ। यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो।

तर मनोनयन पत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुबैलाई चाप धेरै पर्न गएको अनुभवका आधारमा यसपटक दुई दिन उम्मेदवारी दर्ताको समय राखिएको सहसचिव एवंम निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

भोलीसम्म बेलुका  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको  आयोगले जनाएको छ। 

सम्बन्धित समाचार