२०८३ जेष्ठ १२ गते , मंगलबार
मेचीनगरको मेयरमा एमालेका नगर इन्चार्जले दिए बागी उम्मेदवारी
नेकपा एमाले मेचीनगरका इन्चार्ज देवकुमार राईले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले गोपालचन्द्र बुढाथोकीलाई आधिकारिक उम्मेदवार बनाएपछि राईले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
‘१४ वर्षदेखि पार्टीको नगर इन्चार्जको रुपमा काम गरिरहेको छु’ राईले भने ‘मैले टिकट माग्दा हुँदैन भनेर फर्काए, त्यसैले स्वतन्त्र उम्मेदवार दर्ता गराएको छु ।’ मेचीनगर–६ काँकडभिट्टा निवासी एमाले झापाका सचिवालय सदस्य समेत रहेका राईले भने, ‘मेरो उम्मेदवारी एमालेका इमानदार कार्यकर्ताको पक्षमा हो ।’
आफूले पार्टी सङ्गठन निर्माणमाका लागि गरेको योगदानको मूल्याकंन नभएको राईले गुनासो गरे । उम्मेदवारी दर्ता गरेका कारण आइपर्ने सबै खाले अप्ठ्यारा सामना गर्न आफू तयार रहेको तर उम्मेदवारी फिर्ता नलिने राईले बताए ।