२०८३ जेष्ठ १२ गते , मंगलबार

हल्दिबारीमा रवीन्द्र लिङदेन डम्बर गिरीभन्दा १२०० मतले अगाडि

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ २ गते , सोमबार
हल्दिबारीमा रवीन्द्र लिङदेन डम्बर गिरीभन्दा १२०० मतले अगाडि

हल्दिबारी । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्रप्रसाद लिङदेन १२०० मतले अग्रता लिएका छन्  । पछिल्लो मत गणनाको परिणाम अनुसार गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका लिङदेनले ३२९० मत ल्याएका छन् । उनलाई एमालेका डम्बर बहादुर गिरी पन्छाइरहेका छन् । गिरी २०९७ मत ल्याएका छन् । गिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

त्यस्तै अध्यक्षमा उम्मेदवारी दिएका काँग्रेसका तुलसी प्रसाद ओली १२५० र माओवादीका भवानी प्रसाद दंगाल ६८४ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्ष पदमा पनि राप्रपाका उम्मेदवार अगाडि देखिएका छन् । उपाध्यक्षमा राप्रपाका लक्ष्मी देवी मैनाली २५०७ मत ल्याएकी छिन् । उनलाई एमालेका शान्ता देवी गौतमले २०९६ मत ल्याई पन्छाइरहेकी छिन् । त्यस्तै उपाध्यक्षमा माओवादीका टिका देवी राउत ९२२ र  स्वतन्त्र लखन हेमरम १३०२ मत ल्याएका छन् । 

सम्बन्धित समाचार