२०८३ जेष्ठ १२ गते , मंगलबार
गठबन्धनबाट माओवादीका उम्मेदवार राजवंशी पुनः भद्रपुर- ४ को वडा अध्यक्षमा निर्वाचित
झापा । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हंशधर राजवंशी पुनः वडा नम्बर ४ मा निर्वाचित भएका छन् । काँग्रेस र एकीकृत समाजवादीसँग नगरमा चुनावी तालमेल गरेका माओवादीले वडा नम्बर ४ बाट वडा अध्यक्षका उम्मेदवार लिएका थिए ।
राजवंशीले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर लिम्बुलाई ३३१ मतान्तरले पराजित गरेका हुन् ।
राजवंशीले १२६६ र लिम्बुले ९३५ मत ल्याएका छन् । राप्रपाका दिननाथ रिजालले ५६५ मत ल्याए । त्यस्तै वडा सदस्यमा एमालेका माधव प्रसाद अधिकारी ९४२, अर्जुन बानिया ८९८, दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा ८६५ मत ल्याएका छन् । महिला सदस्यमा माओवादीका सविता पुरी १०२० मत ल्याई विजयी भएकी छिन् ।