२०८३ जेष्ठ १२ गते , मंगलबार

झापाको बाह्रदशीमा स्वतन्त्र उम्मेदवारको प्यानल नै वडामा निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ २ गते , सोमबार
झापाको बाह्रदशीमा स्वतन्त्र उम्मेदवारको प्यानल नै वडामा निर्वाचित

झापामा स्वतन्त्र उम्मेदवारको प्यानल नै वडामा निर्वाचित भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको पुरै प्यानल जितेको हो । 
वडा अध्यक्षमा गुलाफ फूल चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महताव आलमसहितको प्यानल जितेका हुन् ।  आलमले ७५२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका समिम मियाले ५९१ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार विवेककुमार गणेश ७२०, स्वतन्त्र उम्मेदवार बलबहादुर बानिया ६८५ , महिला सदस्यमा स्वतन्त्र उम्मेदवार कल्पना श्रेष्ठ ७५२ र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सुमित्रादेवी मोचीले ७३५ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसले गठबन्धन गरी माओवादीलाई सो वडा दिएपछि काँग्रेसकै आकाङ्क्षीहरू स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएर जित हासिल गरे । 

सम्बन्धित समाचार