२०८३ जेष्ठ १२ गते , मंगलबार
कचनकवल गाउँपालिका- ४ मा पनि काँग्रेस प्यानलकै जित
दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ पनि नेपाली कांग्रेसले जितेको छ । काँग्रेस सो वडामा प्यानलै जितेको हो ।
राप्रपाका मोहनचन्द्र गणेशलाई पराजित गर्दै काँग्रेसका नुरुजजमा मिया वडा अध्यक्ष जितेका हुन् । मियाले १२३६ र गणेशले ९३५ मत ल्याएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा काँग्रेसका सन्तोषकुमार गणेश १०५१ , पहारसिंह गणेश १००५ र महिला सदस्यमा मुस्तकोमा मिया १०३५ मत ल्याई विजयी भएका छन् । यसअघि सोही वडामा काँग्रेसका तर्फबाट दलित महिला सदस्यमा बिजली दास निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।