२०८३ जेष्ठ १२ गते , मंगलबार

माओवादीले हल्दिबारीमा खाता खोल्यो, २ नम्बर वडा अध्यक्षमा राजवंशी विजयी

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ २ गते , सोमबार
माओवादीले हल्दिबारीमा खाता खोल्यो, २ नम्बर वडा अध्यक्षमा राजवंशी विजयी

झापा । माओवादी केन्द्रले झापाको हल्दिबारी गाउँपालिकामा खाता खोलेको छ । माओवादीले हल्दिबारी २ मा वडा अध्यक्षसहित तीन सदस्य जितेको छ । एउटा सदस्य एमालेले जितेको हो । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कृष्णप्रसाद प्रसाईँलाई १०६ मतान्तरले पराजित गर्दै माओवादीका शुकलाल राजवंशी निर्वाचित भएका हुन् ।

राजवंशीले १२६१ र प्रसाईँले ११५५ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा माओवादीका गणेश कुमार मगर १०१३, रचना कुलुङ्ग ११०७ र अम्बिका तोलाङ्गी ११०२ मत ल्याएर विजयी भएका छन् । वडा सदस्यमा एमालेका विष्णु बहादुर राई १०८७ मत ल्याएर विजयी भएका छन् ।  

सम्बन्धित समाचार