२०८३ जेष्ठ १२ गते , मंगलबार

झापामा ३५ वडाको मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (नामावलीसहित)

sajilo news
झापा
२०७९ जेष्ठ २ गते , सोमबार
झापामा ३५ वडाको मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (नामावलीसहित)

झापाका १३१ वटा वडामध्ये ३५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । ती वडामध्ये अधिकांश वडामा नेपाली कांग्रेसले जित हात पारेको छ । कहीँ गठबन्धन कहीँ एक्लै निर्वाचन लडेको कांग्रेसले १७ वटा वडामा वडाध्यक्ष जितेको हो । काँग्रेसपछि नेकपा एमालेले १२ वटा वडाको वडाध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान २–२ वटा वडा जितेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारहरूले एउटा सिङ्गो वडा जितेका छन् । २०७४ को गत निर्वाचनमा जितेका दल र तिनका उम्मेदवारहरूले धेरै ठाउँमा हार्नु परिरहेको छ ।

सम्बन्धित समाचार