गठबन्धनका उम्मेदवार कार्की भद्रपुर- ५ को वडा अध्यक्षमा पुनः निर्वाचित
झापा । गठबन्धनबाट काँग्रेसका उम्मेदवार बनेका बन्धु कार्की भद्रपुर नगरपालिका ५ को वडा अध्यक्षमा पुनः निर्वाचित भएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसँग नगरमा चुनावी तालमेल गरेका काँग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी राप्रपाका देवकुमार घिमिरेलाई ३१९ मतान्तर पराजित गरी वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । कार्कीले १३८१ मत ल्याउँदा घिमिरेले १०६२ मत ल्याएका हुन् । एमालेका रेवतीरमण खनालले २६५ र जसपाका विकाश कुमार गुप्ताले ६३ मत ल्याएका छन् ।
त्यस्तै वडा सदस्यमा काँग्रेसबाट नारद राजवंशी ११४८, महिला सदस्यमा ललिता ठाकुर १२२०, दलित महिला सदस्यमा मंजुदेवी अघोरी ११८५ मत ल्याएर विजयी भएका छन् । गठबन्धनबाट माओवादीका वडा सदस्यका उम्मेदवार बुद्धिमान लिम्बुलाई पराजित गर्दै राप्रपाका जेष्ठमल ठाकुर विजयी भएका छन् । ठाकुरले १०८९ र लिम्बुले ७६२ मत ल्याएका छन् । गठबन्धनबाट नगरपालिकाको मेयरमा गणेश पोखरेल र उपमेयरमा शिवकुमार राज भण्डारीले अग्रता कायम राखेका छन् ।