२०८३ जेष्ठ १२ गते , मंगलबार
हल्दिबारीमा एमालेले खाता खोल्यो, वडामा प्यानल निर्वाचित
हल्दिबारी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । ३ नम्बर वडा अध्यक्षसहित प्यानल नै एमालेले जितेको छ । एमालेका तर्फबाट उम्मेदवार बनेका विष्णुप्रसाद ओली वडा अध्यक्षमा निर्वाचित छन् । उनले राप्रपाका बमबहादुर कन्दङ्वालाई पराजित गरेका हुन् । ओलीले ८६८ मत ल्याउँदा कन्दङ्वाले ८१२ मत ल्याए । त्यस्तै सदस्यमा खुल्लातर्फ एमालेका अजितकुमार विष्ट ८८८ , कर्ण भण्डारी ८५८ , महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्याएर निर्वाचित भएका छन् ।