२०८३ जेष्ठ १२ गते , मंगलबार
गौरादह नगरपालिका- ३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
झापा । गौरादह नगरपालिकामा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका छन् । जेब्रा चिन्हबाट चुनाव लडेका भण्डारीले गौरादह ३ मा झन्डै दोब्बर मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । भण्डारीले १०९४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्रप्रसाद घिमिरेले ५८६ मत ल्याए ।
वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेपनि सदस्यहरू एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका हेमनाथ थापा १०६६ , कृष्णप्रसाद सुवेदी ९२२ , महिला सदस्यमा कल्पना अधिकारी ९४७ र दलित महिला सदस्यमा विमला विश्वकर्मा ९६९ मत ल्याएर निर्वाचित भएका छन् ।