२०८३ जेष्ठ १२ गते , मंगलबार
मेचीनगरमा एमालेको विजयी सुरुवात, वडामा प्यानल निर्वाचित
नेकपा एमालेले मेचीनगर नगरपालिकामा विजयी सुरुवात गरेको छ । मेचीनगर १ नम्बर वडामा एमालेको प्यानल नै निर्वाचित भएको छ । काँग्रेस र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका हेमलाल गुरागाईँलाई पराजित गर्दै एमालेका रामकुमार राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । राई १५१४ मत ल्याएकोमा गुरागाईँले १४७६ मत ल्याएका छन्
त्यस्तै खुला महिला सदस्यमा एमालेका तिलजा देवान १५३३, दलित महिला सदस्यमा सीता विश्वकर्मा १५५२ , खुला सदस्यतर्फ शान्तकुमार न्यौपाने १४६४ र चेतकुमार हुमागाईँ १४३५ मतले ल्याएर निर्वाचित भएका छन् ।