२०८३ जेष्ठ १२ गते , मंगलबार
कनकाई नगरपालिका- ४ मा एमालेको प्यानल विजयी
कनकाई नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडामा एमालेका रोशन सुवेदी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुवेदीले यसअघि सोही वडाका सदस्य थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई पराजित गर्दै सुवेदी निर्वाचित भए । सुवेदीले १५६८ मत ल्याउँदा दाहालले १३०६ मत ल्याए । त्यस्तै वडा महिला सदस्यतर्फ एमालेकै लक्ष्मी कटुवाल १६४५, दलित महिला सदस्यमा मन्दिरा विश्वकर्मा १५५०, खुल्ला सदस्यमा मोहनप्रसाद संग्रौला १४८५ र शेषप्रसाद प्रसाईं १४०० मत ल्याएर विजयी भएका छन् । यसअघि कनकाई वडा नम्बर ५, ६, ७ , ८ र ९ को नतिजा सार्वजनिक भइसकेको छ ।