२०८३ जेष्ठ १२ गते , मंगलबार

बुद्धशान्ति- २ को वडा अध्यक्ष काँग्रेसले जित्यो, तीन सदस्य एमाले, एउटा राप्रपा

sajilo news
झापा
२०७९ जेष्ठ ३ गते , मंगलबार
बुद्धशान्ति- २ को वडा अध्यक्ष काँग्रेसले जित्यो, तीन सदस्य एमाले, एउटा राप्रपा

नेपाली काँग्रेसका डिल्लीप्रसाद ओली बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेत्रप्रसाद गौतमलाई पराजित गरेका हुन् ।

ओलीले २१८९ मत ल्याएका छन्, भने गौतमले १७१७ मत ल्याए । त्यस्तै महिला सदस्यतर्फ एमालेका सज्नु पौडेल १६२२, दलित महिला सदस्यमा एमालेकै विमला विश्वकर्मा १६१०, खुल्ला सदस्यमा एमालेकै अमिर कुमार श्रेष्ठ १४६० र अर्का खुल्ला सदस्यमा  राप्रपाका विक्रम बोहोरा १६३३ मत ल्याएर निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार