२०८३ जेष्ठ १२ गते , मंगलबार

भद्रपुर- ८ मा गठबन्धनबाट काँग्रेसका चार उम्मेदवार निर्वाचित, माओवादीका सदस्य पराजित

sajilo news
झापा
२०७९ जेष्ठ ४ गते , बुधबार
भद्रपुर- ८ मा गठबन्धनबाट काँग्रेसका चार उम्मेदवार निर्वाचित, माओवादीका सदस्य पराजित

झापा । भद्रपुर नगरपालिका वडा नम्बर ८ मा गठबन्धनबाट नेपाली काँग्रेसका गौरव सुब्बा (मनोज) पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिस जोशी ६०७ मतान्तरले पराजित गर्दै काँग्रेसका सुब्बा दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेका काँग्रेसका सुब्बाले १२२८ मत ल्याउँदा जोशीले ६१९ मत मात्र ल्याएका हुन् ।

राप्रपाका गणेश लिम्बु २१०, जसपाका डुक्पा राई ५० र राष्ट्रिय जनमुक्ति पार्टीका महमद असर्फ शेक ५ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यतर्फ काँग्रेसले तीन र एमालेले एउटा जितेको छ । वडा सदस्यमा काँग्रेसका निमलाल राजवंशी ८२७, भगवती बस्नेत ९९२, लक्ष्मी परियार १०२३ र एमालेका तुलाराम राजवंशी ६७० मत ल्याएर निर्वाचित भएका छन् । गठबन्धनबाट माओवादीका सुरज रेग्मी पराजित भएका छन् । 

सम्बन्धित समाचार