२०८३ जेष्ठ १२ गते , मंगलबार
भद्रपुरमा गठबन्धनका उपमेयर राजभण्डारी फेरि अगाडि, ९५ मतले पछि परिन् कार्की
झापा । भद्रपुरमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार राजभण्डारी फेरि उपमेयरमा अग्रता लिएका छन् । ७ नम्बर वडाको मतगणनापछि राप्रपाकी राधा कार्कीले अग्रता लिइन । ८ नम्बरको मतगणना सम्पन्न पश्चात् पुनः गठबन्धनका राजभण्डारीले अगाडि आएका छन् । उनले ९५ मतले लिड गरिरहेको अवस्था छ ।
राजभण्डारीले ७२६६ ल्याउँदा कार्कीले ७१७१ मत ल्याएर पन्छाइरहेका छन् । नेकपा एमालेकी कौशल्या अधिकारी ५६३३ मत ल्याएकी छिन् । काँग्रेस, एकीकृत समाजवादीसँग गठबन्धन गरेर माओवादीका राजभण्डारी उपमेयरमा उठेका छन् । वडा १ देखि ६ नम्बर वडाको गणना हुँदासम्म गठबन्धनका राजभण्डारी अगाडि थिए । ७ नम्बरको गणनापछि उनी पछि परेका थिए ।