२०८३ जेष्ठ १२ गते , मंगलबार
भद्रपुरको उपमेयरमा राप्रपाकी कार्कीले लिइन फेरि अग्रता
झापा । भद्रपुरमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार राजभण्डारी फेरि पछि परेका छन् । हाल ९ नम्बरको मतगणना जारी रहँदा राप्रपाकी राधा कार्कीले फेरि अग्रता लिएकी छिन् । कार्कीले राजभण्डारीलाई ४९ मतले लिड गरेकी छिन् । कार्कीले ७४६० मत ल्याउँदा राजभण्डारी ७४११ मत ल्याएर पन्छाइरहेका छन् ।
७ नम्बर वडाको मतगणनापछि राप्रपाकी राधा कार्कीले अग्रता लिएकी थिइन । ८ नम्बरको मतगणना सम्पन्न पश्चात् पुनः गठबन्धनका राजभण्डारी ९५ मतले अगाडि थिए ।ले अगाडि थिए।