२०८३ जेष्ठ १२ गते , मंगलबार
गठबन्धनलाई पछि पार्दै दमक नगरपालिकाको प्रमुख पदमा एमाले अगाडि
झापा । गठबन्धनलाई पछि पार्दै दमक नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको छ । वडा नम्बर १, २, ३, ८, ९ र १० को पछिल्लो मत गणनाको परिणाम अनुसार मेयर पदमा एमालेकी गीताकुमारी पौडेल अधिकारीले अग्रता लिएकी छिन् । अधिकारीले १०७९३ मत ल्याउँदा राप्रपा, काँग्रेस र माओवादी गठबन्धनका रामकुमार थापाले १०६७० मत ल्याएर पन्छाइरहेका छन् ।
त्यस्तै उपमेयर पदमा एमालेका अम्बिका प्रसाद खनाल १०५४३ मत ल्याएर अग्रता लिएको छ । राप्रपा, काँग्रेस र माओवादी गठबन्धनका रेगिना भट्टराई १०३६२ मत ल्याएर पन्छाइरहेकी छिन् ।